+
+

‘आईएमई पे’को ‘तिमीलाई पनि, मलाई पनि’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १३:११

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिंदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।

२९ चैतदेखि २६ भदौ २०८० सम्म चल्ने यो अफरमा ग्राहकवर्गले आईएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात आईएमई पे वालेटबाट आईएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच -हेयलोउ आरटीएलएस ०५५ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर अनुसार प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनोट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ । यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने ग्राहकहरुले सो पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकहरुले वालेट-टु-वालेट ट्रान्सफर (पीटूपी) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विद्युतीय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?