+

मार्टिन्सको गोलमा थ्रीस्टारले पुलिसलाई हरायो

२०७९ चैत  ३० गते १६:१५ २०७९ चैत ३० गते १६:१५
मार्टिन्सको गोलमा थ्रीस्टारले पुलिसलाई हरायो

३० चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले बिहीबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा अजयी मार्टिन्सको एक मात्र गोलमा थ्रीस्टारले पुलिसलाई पराजित गर्दै ३ अंक जोडेको हो ।

मार्टिन्सले ६५औं मिनेटमा निर्णायक गोल गरे । यस जितपछि थ्रीस्टार अंकतालिकामा शीर्ष चारमा उक्लेको छ ।

८ खेलबाट ४ जित २ बराबरी र २ हारको नतिजाबाट थ्रीस्टारले तेस्रो स्थानको जावलाखेल युथ क्लब समान १४ अंक जोडेको छ ।

सिजनको छैटौं हार बेहोरेको नेपाल पुलिस क्लब भने ८ खेलबाट ४ अंकसहित रेलिगेसन जोनमै छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय