+
+
बेनिशा हमालको नयाँवर्षमा नयाँ संकल्प :

पुस्तक पढ्न र व्यायाममा समय छुट्याउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १७:०७

नयाँवर्ष संघारमा सबैलाई जस्तै मलाई पनि उत्साह छ । अहिलेसम्म नयाँवर्षमा विशेष के गर्ने भन्ने त योजना बनिसकेको छैन । पहिला–पहिला हरेक नयाँवर्षमा नयाँ प्रोजेक्ट गर्ने र नयाँ ठाउँमा घुमफिर गर्ने संकल्प गर्थें, तर सालको अन्तिमतिर सोचेअनुरुप संकल्प पूरा गर्न नसक्दा दुःखी पनि हुन्थें ।

यो वर्ष मेरो करिअरको लागि निकै महत्वपूर्ण सावित भयो । ‘छक्कापञ्जा ४’ मा काम गरेपछि मेरा शुभचिन्तक र फ्यानहरु अझ धेरै बढ्नुभएको अनुभूति गरेको छ । आउने नयाँवर्षमा पनि केही संकल्प गरेको छु । जसमा आनीबानीमा परिवर्तन गर्नेदेखि करिअरसम्मका कुरा पर्छन् ।

स्वस्थ खानेकुरामा ध्यान दिने

कामको धपेडीले आफ्नो स्वास्थ्यमा त्यति ध्यान नपुगेको जस्तो लागिरहेको छ । नयाँवर्षदेखि आफ्नो स्वास्थ्यमा ख्याल राख्दै खानेकुरामा पनि नियन्त्रण गर्ने संकल्प लिएको छु । घरमा होस् वा बाहिर खानेकुरा खाँदा के खाँदैछु भन्ने कुराको विशेष ख्याल राख्नेछु । स्वस्थ आहार र सन्तुलित मात्रामा मात्रै खाने बानी बसाल्ने सोच छ ।

साताको चार दिन अनिवार्य वर्कआउट

वर्कआउट अर्थात् व्यायाम गर्न म पहिलेदेखि नै रुचाउँथे । मेरो दैनिक तालिमा वर्कआउट समावेश भएकै हुन्छ । तर कामको कारण निरन्तरता दिन सकिंदैन । नयाँवर्षमा भने जतिसुकै व्यस्त समयको बाबजुद पनि हप्ताको चार दिन वर्कआउटका छुट्याउनेछु । त्यसमा जिम जाने र हिंड्ने विषय समावेश हुनेछन् ।

पुस्तक पढ्ने

पहिला–पहिला फुर्सदको समयमा धेरै नै पुस्तक पढ्थें । तर पछि बिस्तारै केही न केही काममा अल्झेर त्यो बानी छुट्यो । त्यसैले यस वर्ष पुस्तक पढ्ने संकल्प लिएको छु । प्रायः फिक्सन र इतिहासका पुस्तक पढ्न रुचाउँछु । अब यस्ता पुस्तकहरु जम्मा गरेर पढ्नेछु ।

नयाँ भूमिकामा दिलोज्यान दिएर काम गर्ने

यो वर्ष मेरो फिल्मी करिअरमा महत्वपूर्ण रह्यो । नयाँवर्षमा पनि नयाँ नयाँ चरित्रमा आफूलाई उभ्याउने कोसिस गर्नेछु । राम्रो विषयवस्तु र एक्सनप्रधान भूमिका आएमा खुसी हुनेछु । त्यस्तो भूमिका निभाउन दिलोज्यान दिएर काम गर्नेछु ।

(मनिषा थापासँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?