+
+

बलात्कारको उजुरी दर्ता गर्न समेत घुस

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते २०:५५

३० चैत, काठमाडौं । बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(सई) पक्राउ परेका छन् ।

सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका सई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो ।

उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ ।

अख्तियारका अनुसार उक्त उजुरी दर्ता गर्न अदालतले समेत आदेश जारी गरेको थियो । अख्तियारको टोलीले मिर्चैया–५ को थानाचोकबाट उनलाई ९ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?