+
+

यस वर्ष विवाह गर्ने तयारीमा पूजा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १३:३५

काठमाडौं । अभिनेत्री पूजा शर्माले नयाँवर्ष २०८० मा विवाह गर्ने बताएकी छन् । उनले भनिन्, ‘यो वर्ष मैले जिन्दगीको एउटा नयाँ निर्णय समेत लिंदैछु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’ अभिनेत्री शर्मा र प्रेमी युद्ध बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

नयाँवर्षको अवसरमा काठमाडौं मलस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले यस्तो बताएकी हुन् । पूजाले यो वर्ष आफूले केही कुराहरु सोचेको र त्यसलाई पूरा गर्न तल्लीन रहने बताइन् । पूजा र प्रेमी बानियाँले ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

वैशाखभित्रै यो रेस्टुरेन्टलाई संचालनमा ल्याउने उनको तयारी छ । साथै, उनले अब कुनै पनि कुरामा सोचेर मात्र बोल्ने बताएकी छन् । स्पष्ट रुपमा कुनै पनि विषयमा कुरा राख्दा विवादमा बढी परेको भन्दै उनले कम बोल्ने बताएकी हुन् ।

फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले नेपाली कला संस्कृतिक झल्काउने उद्देश्यले क्यालेन्डर निर्माण गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?