+
+

नेवानिले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १८:१५

१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स गठन गरिएको छ । सो अनुसार जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

आवश्यक उडान अनुमति, जनशक्ति , प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीब्रता दिई कर्य गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरेको पौडेलले जानकारी दिए ।  आवश्यक उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेको र अनुमति आउनासाथ बकिङ खुल्ला गरिने उनले बताए  ।

‘दुई मुलुक र इनरुट पर्ने मुलुकमा आवश्यक पर्ने अनुमतिका लागि निवेदन दिइसकेका छौं,’ पौडेलले भने, ‘सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।’

उनका अनुसार नेवानिले यात्रु प्राप्त भएसँगै उडान थप गरिने समेत बताए । निगमले यी दुई गन्तव्यबाट अहिले काठमाडौंमा भने नियमित उडान गरिरहेको छ ।

भैरहवाबाट अहिले जजिराले मात्र नियमित उडान गरिरहेको छ । निगमले दुवै रुटमा ए३२० जहाज प्रयोग गर्ने गरी तयारी गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?