+
+

चितवन २ मा मंसिर ४ को जस्तो नतिजा आए फेरि उपचुनाव हुन्छ : एमाले सचिव भट्टराई

सुवास पण्डित सुवास पण्डित
२०८० वैशाख ३ गते १०:४४

३ वैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ मा गत मंसिरको जस्तो परीणाम आए, फेरि उपचुनाव हुनसक्ने बताएका छन् ।

गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

चुनाव प्रचारका लागि चितवन आएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।  ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’ नेता भट्टराई भन्छन्, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’

उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न उनले अपिल गरे । रवि लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि न्यौपानेलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

लामिछानेका समर्थकहरु असहिष्णु हुँदै गएको भन्दै भट्टराइले यस्ता प्रवृतिको काँधमा चढेर हिँडेको ब्यक्तिबाट कस्तो मुलुक र समाजको परिकल्पना गर्ने भन्दै नेता भट्टराईले प्रश्न गरे, ‘यस्तो प्रवृत्ति र क्रियाकलापसँग एमालेले प्रतिस्पर्धा गर्ने भन्ने कुरा हुँदैन, यस्तोमा रमाउन हामीलाई सुहाउँछ ?’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?