+
+

पदभार ग्रहणपछि परराष्ट्रमन्त्री साउद : प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १६:११

३ वैशाख, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् ।

आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताए ।

पत्रकारले प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफमा उनले भने, ‘हामी छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु ।’

मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको बताए । ‘विश्वभरिका देशसँग, छिमेकीसँग आगामी दिनमा हाम्रो सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजानेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?