+
+

बार्सिलोना फेरि बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते ७:५०

४ वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना आइतबार राति गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बार्सिलोनाले सबैखाले प्रतियोगितामा गोल नगरेको यो लगातार तेस्रो खेल हो ।

गेटाफेको मैदानमा भएको खेलमा राफिन्हा र अलेजान्ड्रो बाल्डेको प्रहार पोष्टमा लागेको थियो ।

बराबरीपछि पनि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ११ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको २९ खेलबाट ७३ अंक छ । समान खेलबाट रियलको ६२ अक छ ।

गेटाफे २९ खेलबाट ३१ अंकसहित १५औं स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा एन्टोनी ग्रीजमनको दुई गोलमा एट्लेटिको मड्रिडले अल्मेरियालाई २-१ ले पराजित गरेकोछ ।

ग्रीजमनले पाँचौ र ४३औ मिनेटमा गोल गरे । एट्लेटिकोकै जोस मारिया जिमिनेजले एक आत्मघाती गोल गरेका थिए ।

एट्लेटिको २९ खेलबाट ६० अंकसहित तेस्रो स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?