+
+

निर्माता रोहित अधिकारीको फिल्मबाट डेब्यु गर्दै दिलीप रायमाझीकी छोरी दिव्या

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते ११:३८

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले रोहित अधिकारीले निर्माण गर्ने फिल्मबाट अभिनय करिअर थाल्ने भएकी छन् । सोसल तथा लभस्टोरी ड्रामालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने पनि तय भइसकेका छन् ।

खगेन्द्रको पटकथा लेखन रहने यो ‘अनटाइटल’ फिल्मलाई भदौ पहिलो सातादेखि छायांकन गर्ने तयारी छ । अहिले अमेरिकामा रहेकी दिव्या फिल्मकै लागि भनेर आगामी महिना नेपाल आउँदैछिन् ।

‘हामीले उहाँलाई अप्रोच गरेका हौं । वान लाइन निकै मन परेको छ । अब स्क्रिप्ट सुनाएपछि फिल्ममा लिनेबारे फाइनल हुनेछ । अहिलेसम्म कागजी सम्झौता भइसकेको छैन,’ अधिकारीले अनलाइनखबरसँग भने ।

दिव्याले फिल्म गर्ने कुरा लगभग निश्चित जस्तै छ । स्क्रिप्ट सुन्नैका लागि उनी मे महिनामा काठमाडौं आउनेछिन् । ‘उहाँ पोजेटिभ हुनुहुन्छ । सोलो हिरोइन भएकाले पनि यो राम्रो अवसर हो,’ रोहितले भने । फिल्ममा अहिलेसम्म निर्देशक पौडेल, अभिनेता तथा लेखक लामिछाने अनुबन्धित छन् । फिल्म मल्टिस्टारर हुने सम्भावना रहेको रोहितले बताए ।

पूर्ण व्यावसायिक फिल्म बताइएको यो प्रोजेक्ट निर्माणमा रोहितले श्याम कँडेल र ओम अग्रवालसँग सहकार्य गर्दैछन् । ‘गाजलु’ र ‘छ माया छपक्कै’पछि रोहितको यो अर्को भेञ्चर हो । भदौ पहिलो सातादेखि छायांकन सुरु हुने र २०८० सालभित्रै फिल्म प्रदर्शन गर्ने योजना छ । साढे दुई करोड बजेट बताइएको फिल्मलाई काठमाडौं, वीरगञ्ज लगायत स्थानमा छायांकन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?