+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

थ्री स्टार हाइड्रोपावरले ११ वैशाखदेखि आईपीओ ल्याउने

कसले दिन सक्छन् आवेदन ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १४:३२

४ वैशाख, काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले धितोपत्रको ११ वैशाखदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता साधराण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासन गर्न लागेको हो। उक्त सेयरममा खोटङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्मका स्थानीयले आवेदन दिन सक्नेछन् ।

यस्तै कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको १५ प्रतिशतले हुन आउने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयर निष्कासन गर्नेछ । जसको १० प्रतिशतले हुने ७३ हजार ८७५ कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गर्ने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५ सय कित्तासमम दिन सक्नेछन् । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा २५ वैशाखसम्म र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ९ जेठसम्म थप हुनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भने २५ वैशाखसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले खोटाङमा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी २३ पुस २०७८ बाट व्यापरिक उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?