+
+

सरकारका राजस्वसम्बन्धी प्रणालीमा प्राविधिक समस्या, राजस्व संकलन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १४:३०

४ वैशाख, काठमाडौं । नेपाल सरकारका राजस्वसम्बन्धी विभिन्न प्रणालीहरुको सर्भर डाउन भएको छ । जसले गर्दा सोमबार बिहानैदेखि राजस्व संकलनको काम प्रभावित बनेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबार बिहानैदेखि आरएमआईए, टीएसए, सीजीएएस, सूत्र, पीएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या आएको हो । यो समस्या १ बजेसम्म रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रणालीहरुले काम गरेका थिएनन् । यस्तो प्रणालीले काम गर्न नसक्दा ट्राफिक फाइन पेमेन्ट समेत हुन नसकेको महानगरीय ट्राफिक कार्यालयले सूचना जारी गर्दै जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?