+
+

अनलाइनबाट तिरेको राजस्व भौचरमा बैंकको छाप अनिवार्य नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १५:१८

४ वैशाख, काठमाडौं । अनलाइनबाट तिरेको राजस्वको भौचरमा सरकारी कार्यालयहरुले बैंकको छाप अनिवार्य माग गर्न नपाउने भएका छन् । महालेखा नियन्त्रक कार्यालयले सबै मन्त्रालयहरुलाई यसबारे विद्युतीय भुक्तानी सम्बन्धी निर्देशिका २०७७ मा भएको प्रावधान कार्यान्वयन गर्न स्मरण गराएको छ । सेवाग्राहीबाट राजस्व रकम प्राप्त भएको निश्चित भइसकेपछि सेवाग्राहीलाई सोही भौचरका आधारमा सेवा प्रदान गर्न महालेखाले सबै सरकारी निकायलाई निर्देशन दिएको छ ।

यस अनुसार अनलाइनमार्फत भुक्तानी भएका राजस्व भौचरमा बैंकको छाप आवश्यक पर्ने छैन । निर्देशिका अनुसार राजस्व भुक्तानी गर्ने माध्यमका रुपमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, राष्ट्रिय–अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट/क्रेडिट), ई–मनी (वालेट्स) र अन्तर बैंक भुक्तानीका माध्यमबाट तिरेको राजस्वलाई कार्यालयले राजस्व प्राप्त भए–नभएका रुजु गरी सोही आधारमा सेवा प्रदान गर्ने पर्ने छ ।

यी माध्यमबाट भुक्तानी गरेको राजस्व भौचर सेवा प्रदायक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मा रुजु गर्नुपर्छ । त्यसमा राजस्व प्राप्त भएको पाइएमा बैंकको छाप अनिवार्य नगर्न महालेखाले सूचित गरेको छ । नेपाल सरकार अन्तर्गतका कार्यालयका नाममा अनलाइन प्रणाली मार्फत भुक्तानी भएको राजस्व भौचरका आधारमा केही सरकारी कार्यालयमा सेवाग्राहीले सेवा नपाएको गुनासोपछि महालेखाले यस्तो निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?