+
+

रास्वपाका को सांसद कुन संसदीय समितिमा ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १६:०१
राष्ट्रिय स्वतन्त्र पार्टको बैठक ।

४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय विषयगत समितिमा रहने आफ्ना सांसदहरुको नाम टुंगो लगाएको छ ।

रास्वपाले संघीय संसद सचिवालयमा बुझाएको सूची अनुसार अर्थ समितिमा विराजभक्त श्रेष्ठ र हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिशिर खनाल, उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुली र कानुन, न्याय तथा मानव अधिकार समितिमा सोविता गौतम र सन्तोष परियार रहनेछन् ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र विनिता कठायत, महिला तथा सामाजिक समितिमा लक्ष्मी तिवारी, राज्य व्यवस्था तथा सुशासन समितिमा डोलप्रसाद अर्याल र डा. चन्दा कार्की, पूर्वाधार विकास समितिमा शिव नेपाली र निशा डाँगी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. तोसिमा कार्की र सुमना श्रेष्ठ र सार्वजनिक लेखा समितिमा असिम शाह र मनिष झा रहने रास्वपाले जनाएको छ ।

प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन् ।

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?