+

हिमालयन शेर्पामाथि फ्रेण्ड्स क्लबको शानदार जित

२०८० वैशाख  ४ गते १८:११ २०८० वैशाख ४ गते १८:११
हिमालयन शेर्पामाथि फ्रेण्ड्स क्लबको शानदार जित

४ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पामाथि शानदार जित हात पारेको छ ।

ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाबिरुद्ध ६–० को एकतर्फी जित निकालेको हो । जारी लिगमा फ्रेण्ड्सको यो दोस्रो जित हो ।

फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक/एक गोल गरे ।

जितसँगै ९ खेलबाट ८ अंक बनाएको फ्रेण्ड्स रेलिगेसन क्षेत्र भन्दा माथि उक्लिएको छ । उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय