+
+

मलेसिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १७:५५

५ वैशाख, काठमाडौं ।  मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई हाल कीर्तिपुर  बस्‍ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरको चोभारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

उनले सात जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भन्दै पीडितहरुबाट पटक पटक गरी ३ लाख रुपैया लिई सम्पर्कबिहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?