
५ वैशाख, काठमाडौं । पञ्जीकरण सप्ताहको अवसरमा न्यायिक परिधि संस्थाले काठमाडौं महानगरपालिकाको सहकार्यमा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना तथा कानुनी साक्षरता कार्यक्रम गरेको छ ।
समुदायस्तरका महिलाहरुलाई जन्म, मृत्यु, विवाह र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटना दर्ताका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको न्यायिक परिधिकी सहसंस्थापक रविना केसीले जानकारी दिइन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाको वडामा कानूनी सहजकर्ताका रुपमा कार्यरत वडा नं १४ कि सुस्मिता थापा, वडा नं १६ कि प्रकृति शर्मा, वडा नं १० कि पुष्पा नेउपाने, वडा नं ११ कि आयुष्मा, वडा नं ३ कि लुना दाहाल, वडा नं ५ कि सञ्जु महर्जन, न्यायिक परिधिको सहसंस्थापक रुबिना दाहाल र सफला खड्काले व्यक्तिगत घटना दर्ताको महत्वबारे जानकारी गराएका थिए। व्यक्तिगत घटनाहरु दर्ता नहुँदा सर्वसाधारणले दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका छन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं १२ का वडाअध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्य तथा महिला सञ्जाल अध्यक्ष नानी हेरा डंगोल, वडा सदस्य पुष्पारत्न प्रजापति, वडा सदस्य मुना गहतराज, वडा सचिब सञ्जुमा महार्जन र स्थानीय वासिन्दा महिलाहरु सहभागी थिए ।
प्रतिक्रिया 4