+
+

निजामती सेवा विधेयकको विरोधमा कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १३:३७

६ वैशाख, काठमाडौं । निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरु आन्दोलित भएका छन् । यही क्रममा बुधबार ७७ वटै प्रमुख जिल्ला अधिकारी, ७ प्रदेशका प्रमुख सचिव र केन्द्रमा मुख्य सचिवलाई एकैसाथ ज्ञापन पत्र बुझाएर औपचारिक रुपमा आन्दोलन सुरु गरेका छन् ।

ठूला पाँच ट्रेड युनियनको संयुक्त आह्वानमा सबै कर्मचारीहरु बुधबारदेखि औपचारिक आन्दोलनमा उत्रिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरुको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोले यस्ता विषयमा सम्बन्धित पक्षहरुसँग छलफलको आवश्यकता रहेको निजामती कर्मचारीहरुले संयुक्त आह्वानमा भनिएको छ ।

‘नेपाल सरकारले सरोकारवाला पक्षहरुसँग छलफल नै नगरी संघीय निजामती सेवा ऐनको विधेयक सहमतिका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा गएको भन्ने व्यहोरा जानकारीमा आएकोले यो विषयमा राष्ट्रिय स्तरका ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण भएको छ’ अपिलमा भनिएको छ ।

संयुक्त ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्दैछ ।

हेर्नुहोस् अपिलः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?