५ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन् ।
शुक्रबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यहाँ आउदै गर्दा एकछिन जाममा परियो । सडकम शिक्षकहरू छन्,’ समिति बैठकमा शर्माले भने, ‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न ।’
समितिमा निजामती विधेयकमाथि छलफल जारी छ ।समितिको बैठक चलिरहँदा विभिन्न आफ्ना माग राखेर कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति सभापति र सदस्यहरुलाई ध्यानाकर्षण गरेका थिए ।
कर्मचारीले आफूहरूलाई गुमराहमा राखेर ऐन बनाए सडक आन्दोलनमा जाने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूसँग पनि एकपटक छलफल गरौं, ताकि ऐन बन्दा अपनत्व सबैले लिन सकियोस् ।’
प्रतिक्रिया 4