+
+

नेप्से १५.१३ अंकले बढ्दा ४१ कम्पनीको सेयर मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १५:३०

६ वैशाख, काठमाडौं । लगातार चार कारोबार दिन घटेको सेयर बजार पाँचौ‌ं दिन भने दोहोरो अंकले बढेर बन्द भएको छ । नयाँ वर्ष २०८० सुरु भएपछि लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो । बुधबार सेयर बजार मापक नेप्से १५.१३ अंकले वृद्धि हुँदा १९२०.१२ अंकमा बन्द भएको हो ।

म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उकालो लागेको छ । विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतवे वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकम पनि बढ्न सकेन । बुधबार नेप्सेमा २३ हजार ५०३ वटा कारोबारमा २५ लाख ७९ हजार ३२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८७ करोड २१ लाखको कारोबार भएको छ । जसमध्ये स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ८ करोड ८३ लाखको कारोबार हुँदा नबिल बैंकको सेयर ३ करोड ६६ लाख र एनआईसी एशिया बैंकको ३ करोड १९ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२० कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १२ कम्पनीको भने स्थिर छ ।

कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.५९ प्रतिशतले वृद्धि भएको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । डिप्रोक्स लघुवित्तमा १ः१ को सेयर आदनप्रदान अनुपातमा गाभिन लागेको लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । यस्तै तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य पनि २.९१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?