+
+

साउनयता ६ लाख नेपाली श्रमिक विदेशतिर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १८:०२

६ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै चैतसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५ हजार ७९८ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ ।

महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष पुनः नयाँ कीर्तिमान राख्ने बाटोमा अग्रसर छ । विदेशबाट श्रमिकको माग बढ्दा यो वर्षका केही महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजारभन्दा माथि थियो । तर, पछिल्ला महिनामा यस्तो संख्या विस्तारै कम हुँदै गएको छ ।

चैत महिनामा मात्रै ६१ हजार ४७८ जना नेपाली युवा श्रमका लागि स्वीकृति लिएर विदेश गएका छन् । गत साउनदेखि फागुनसम्म ५ लाख ४४ हजार ३२० नेपाली विदेशमा श्रमका लागि पुगिसकेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार चैतसम्म ३ लाख ८७ हजार ८३९ जना अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) श्रम स्वीकृति लिएका छन् । यो अवधिमा २ लाख २४ हजार ९७९ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश उडेका छन् ।

यो वर्ष मलेसियामा नेपाली श्रमिकको माग बढेको छ । खाडी देशहरुबाट श्रमिकको माग केही सुस्ताए पनि निराशाजनक अवस्था छैन ।

विभागको तथ्यांकअनुसार फागुन महिनामा मलेसियाका लागि १६ हजार २६५ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी अरबमा ११ हजार ३६४ जना पुगेका छन् । कतारका लागि ११ हजार २४९ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र १० हजार १९३ जना विदेशिएका छन् ।

कुवेतका लागि २ हजार ७९४ जना, कोरियामा २ हजार ३२३ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ५७८, जापानमा ९२८, बहराइनमा ६७४, क्रोयसियामा ५४०, पोल्याण्डमा ४७८, ओमानमा ४५३, साइप्रसमा ४४४ र मकाउमा ३१९ जना नेपाली रोजगारीका लागि गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?