+
+

म आफैंले हस्तक्षेप गर्दा पाठ्यपुस्तक सबैतिर पुग्यो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १८:४०

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हस्तक्षेप गरेका कारण यसपटक विकट ठाउँमा पनि समयमै पाठ्यपुस्तक पुगेको बताएका छन् ।

बुधबार तनहुँको डुम्रे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हरेक दिन केही न केही राम्रा काम सुरु भइरहेको दाबी गरे ।

‘१० वर्षदेखि स्कुलमा पाठ्यपुस्तक नपुग्ने कुरालाई मैले आफैंले हस्तक्षेप गरेर अहिले सबैभन्दा पहिला विकट भन्दा विकट पहाडी जिल्लामा पनि पुस्तक पुगेको छ,’ प्रधानमन्त्रीले भने ।

प्रचण्डले आगामी नीति तथा कार्यक्रम र बजेटमा जनताको निराशा चिर्ने गरी कार्यक्रम आउने समेत दाबी गरे । ‘अब नीति कार्यक्रम तथा बजेट आउँदा यो देशको जुन बेथिती, अराजकता र असन्तुष्टि छ, त्यसलाई सम्बोधन गर्ने गरी सुशासन र समृद्धिको नयाँ यात्रा सुरु गर्ने उद्देश्यका साथ हामी प्रस्तुत हुने छौं’, उनले भने ।

अर्थतन्त्रमा पनि विस्तारै सुधार आइरहेको दाबी उनको छ । विदेशी मुद्रा सञ्चिती बढेको, चोरी पैठारी नियन्त्रण गरिएको र राजश्व पनि बढ्न थालेको प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?