+
+

विदेश पढ्न जान एक वर्षमा १ लाख १७ हजारले लिए एनओसी

अस्ट्रेलियाका लागि मात्रै ५० हजार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते २०:४५

६ वैशाख, काठमाडौं । २०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले एनओसी लिएका छन् ।

विद्यार्थीले विभिन्न ५६ वटा शैक्षिक कार्यक्रमको लागि एनओसी लिएको शाखा प्रमुख बासुदेव वस्तीले जानकारी दिए । वैदेशिक अध्ययन गर्नको लागि सबै भन्दा बढी अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । शाखाका अनुसार गएको वर्ष अस्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका छन् ।

जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । त्यस्तै संयुक्त अधिराज्य बेलायतका लागि ८ हजार ७०७ जनाले, अमेरिकाको लागि ५ हजार ८२ जनाले, दक्षिण कोरियाका लागि दुई हजार २२५ जनाले एनओसी लिएका छन् ।

विद्यार्थीले नयाँ एनओसी लिँदा पुरानो रद्द गर्नुपर्छ । यसवर्ष १७ हजार ७७५ वटा पुरानो एनओसी रद्द भएको शाखाले जनाएको छ । विदेश जाने अनुमति पत्र लिनेहरुबाट सरकारले २७ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?