+
+

कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छ : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १४:१२

८ वैशाख, काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ ।’

उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए । सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए ।

उनले भने, ‘मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन । मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ । म अहिले म्याराथनमा जाऔँ भनेपनि तयार भनेको जस्तो छु।

उनले हरेका कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको बताए । उनले भने, ‘मान्छे आत्मविश्वासयुक्त भएर जानुपर्छ । म यो काममा लागिरहेको छु, सफलतापूर्वक गर्न सक्छु भनेर जानुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले नैतिकवान राजनीतिज्ञमात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताए । उनले भने, ‘राजनीतिज्ञमा पनि त्यो हुनुपर्छ नत्र नेतृत्व गर्न सक्दैन। नैतिकवान राजनीतिज्ञमात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?