+
+

कञ्चनपुरमा घाँस काटिरहेकी महिलालाई बाघले लग्यो, अवस्था अज्ञात

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १९:२२

८ वैशाख, धनगढी । कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्द बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने भागेर ज्यान जोगाएका छन् ।

बाघले आक्रमण गरेर बेपत्ता बनाएकी महिलाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी र स्थानीयबासिन्दा खटिएका छन् । डीएसपी डाँगीका अनुसार ड्रोनको प्रयोग गरेर हेर्दा बाघ खप्टिनाला क्षेत्रमै देखिएको छ ।

बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली मगाइएको प्रहरीले जनाएको छ । बाघ भगाउन प्रहरीले हवाइ फायर समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?