+

विभागीय डर्बीमा आर्मी र पुलिसले अंक बाँडे

२०८० वैशाख  ८ गते १९:३९ २०८० वैशाख ८ गते १९:३९
विभागीय डर्बीमा आर्मी र पुलिसले अंक बाँडे

८ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबबीचको विभागीय डर्बी बराबरीमा सकिएको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यस सिजन आर्मीको यो चौथो र पुलिसको तेस्रो बराबरी हो ।

११ खेलबाट १५ अंक जोडेर आर्मी पाँचौ स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको पुलिस अन्तिम स्थानमै छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय