+
+

उपाधि होडमा आर्सनललाई धक्का

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते ८:१६

९ वैशाख, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले शुक्रबार राति रेलिगेसन जोनमा रहेको साउथह्याम्पटनसँग बराबरी खेलेपछि उपाधि होडमा धक्का लागेको छ ।

साउथह्याम्पटनलाई हराउँदै दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ७ अंकको अग्रता बनाउने अवसर थियो । तर घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनलले अन्तिम दुई मिनेटमा दुई गोल गर्दै साउथह्याम्पटनसँग ३-३ गोलको बराबरी खेल्यो । घरेलु मैदानमा आर्सनलले दुई पटक पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्द मुस्किलले हार टार्‍यो ।

कार्लोस् जोनास अल्कारेसले पहिलो मिनेटमै गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । १४औं मिनेटमा आर्सनलका पूर्व खेलाडी थिओ वाल्कोटले अल्कारेजकै पासमा गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर पारे ।

२०औं मिनेटमा आर्सनलका गाब्रिएल मार्टिनेलीले गोल गर्द लण्डन क्लबलाई खेलमा फर्काउन खोजेका थिए ।

६६औं मिनेटमा कालेटा कारले गोल गरेपछि साउथह्यानम्पटनले ३-१ को अग्रता बनायो र आर्सनललाई स्तब्त्र बनाउने संकेत देखाएको थियो । तर आर्सनलले अन्तिम समयमा दुई गोल फर्कायो ।

कप्तान मार्टिन ओडेगार्डले ८८औं मिनेटमा गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि बुकायो साकाले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि खेल ३-३ को बराबरीमा सकियो ।

बराबरीपछि लि लिडर आर्सनल र दोस्रो स्थानको सिटीबीच अंक दूरी ५ मात्र छ । सिटीले आर्सनल भन्दा २ खेल नै कम खेलेको छ । जसले गर्दा आर्सनलको लगातारको बराबरीले सिटीलाई फाइदा पुगेको छ ।

अर्कोतर्फ अब आर्सनलको अर्को खेल नै सिटीसँग सिटीको मैदानमा छ । यो खेलले धेरै हदसम्म उपाधि होडलाई निर्णायक बनाउन सक्छ । आर्सनलले सिटीलाई हराउन सके ८ अंकको अग्रता बनाउन सक्नेछ । सिटीले पराजित गरेमा भने उपाधि होड रोमाञ्चक बन्नेछ ।

साउथह्याम्पटन भने ३२ खेलबाट २४ अंकसहित पुछारमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?