+
+

गुल्मीमा डढेलोमा जलेका अर्का एकजनाको पनि मृत्यु

अनिल खत्री अनिल खत्री
२०८० वैशाख ९ गते १२:०९

९ वैशाख, गुल्मी । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर गम्भीर घाइते भएका थिए । उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

सोही जंगलको डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?