+
+

कास्कीको माछापुच्छ्रेमा भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १२:५१

९ वैशाख, पोखरा । कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन् । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर छन् ।

बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । घाइते थापालाई उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना गरिएको छ । ‘उहाँको अनुहार, गुप्तांगतिर आक्रमण गरेको चोट देखिएको छ’, वडाध्यक्ष क्षेत्रीले भने ।

योसँगै क्रन्डू जंगलमा भालुको आक्रमणबाट घाइते हुनेको संख्या पछिल्लो ३ वर्षमा ३ पुगेको छ । वडाध्यक्ष क्षेत्रीका अनुसार क्रन्डू जंगलमा परम्परागत रुपमा भेडा, बाख्रा गोठालाका गोठ हुने भएकाले भालुले बढी आक्रमण गर्ने गरेको छ ।

‘त्यो एक्याप क्षेत्रभित्र पर्छ । त्यहाँ वर्षैपिच्छे भालुले मानवीय क्षति पुर्‍याउन थालेको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘त्यो क्षेत्रमा अहिले पनि बुढापाकाले परम्परागत रुपमा पशुपालन गर्ने गर्दछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?