+
+

सोसल मिडियामार्फत अराजकता फैलाउने कोशिस भइरहेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १७:२६

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालहरुमार्फत समाजमा अराजकता फैलाउने कोशिस भइरहेको बताएका छन् ।

कम्युनिस्ट नेता नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले पछिल्लो समय विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरे ।

‘अहिले कतै न कतै लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै र धेरै तल उत्रिएर गाली गलौज,…अहिले वैचारिक विषयहरु वा यस खालका लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन्’ उनले भने, ‘त्यसले मान्छेलाई क्षणिक उत्तेजना, क्षणिक आवेगमा ल्याउने र समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ ।’

गत निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डा भन्दा मान्छे क्षणिक सेन्टिमेन्टतिर लागेको प्रधानमन्त्रीको भनाइ छ ।

‘भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डालाई भन्दा मान्छेमा सेन्टिमेण्टलाई, भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ’ उनले भने, ‘यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीविबाट अलि हस्तक्षेप बढ्न जरुरी छ । वैचारिक वहस चलाउन जरुरी छ ।’

प्रधानमन्त्री प्रचण्डले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?