+
+

चितवनको भोजाडमा केहीबेर तनाव

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते ११:५५

१० वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।

लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो ।

लामिछानेले विभिन्न मतदानस्थलमा पुगिरहेका छन् । पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?