+

शरीरमा किन आउँछन् गाँठागुठी ?

२०८० वैशाख  १० गते १४:५६ २०८० वैशाख १० गते १४:५६
Shares
शरीरमा किन आउँछन् गाँठागुठी ?

शरीरका विभिन्न ठाउँमा साना–ठूला गाँठागुठी आउने समस्याबारे हामीमध्ये धेरै जानकार नै छौं । कतिपयले त यो समस्या आफैं भोगिरहेका पनि हुन्छौं । यस्ता गाँठागुठी सामान्य जस्तो लागे पनि कतिपयले निकै दुःख दिन्छन् ।

सामान्यतया बाथरोगका कारण यस्तो समस्या आउने गर्छ । बाथका थुप्रै प्रकारमध्ये पनि रुमाटोइड र युरिक एसिडको समस्यामा गाँठागुठी आएको देखिन्छ । प्रायः हातखुट्टा जोर्नीहरुमा यस्तो समस्या देखिन्छ ।

युरिक एसिडको समस्याले हातखुट्टाको जोर्नीमा गाँठागुठी आउने गर्छ तर यसको दुखाइ भने हुँदैन । गाँठागुठी आएको केही समयपछि आफैं हराएर जान्छ । मेरुदण्डको बाथले पनि कहिलेकाहीं गाँठागुठी निम्त्याउने गर्छ ।

रुमाटोइड बाथमा आउने गाँठो दुख्ने र सर्ने खालको हुन्छ, जुन एउटा औंलाबाट अर्कोमा सर्छ । साथै सुन्निने र बिहानीपख दुख्ने पनि हुन्छ ।

बाथरोगका कारण मात्रै होइन, छालाको समस्या, मोटोपन, नसाको समस्यामा पनि गाँठागुठी देखिन सक्छ । घाउचोट लागेको ठाउँमा पनि गाँठागुठी आउन सक्छ । कतिपय अवस्थामा वंशाणुगत कारणले पनि यस्तो समस्या आउँछ ।

उपचार र रोकथाम

गाँठागुठी आउने मुख्य कारण बाथरोग भएकाले सबैभन्दा पहिले त बाथरोगको नै उपचार गर्नुपर्ने हुन्छ । बाथरोगीलाई रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलनमा राख्न औषधि दिने गरिन्छ । गाँठागुठी धेरैमा देखेमा पेन किलर समेत प्रयोग गर्नुपर्ने हुन सक्छ ।

यसका साथै हातखुट्टाको जोर्नीको व्यायाम गरेमा गाँठागुठीको समस्या न्यून गर्न मद्दत पुग्छ । यसका लागि मर्निङ वाक गर्ने, हातको जोर्नीका लागि हातम नरम बल च्यापेर चिकित्सकको सल्लाह अनुसार चलाउने गर्न सकिन्छ ।

शरीरमा देखिने गाँठागुठीको उपचार शल्यक्रियाबाट पनि गर्ने गरिएको छ ।

गाँठागुठी आउन नदिन सन्तुलित भोजन, सन्तुलित व्यायाम, सन्तुलित खानाको आवश्यक छ । नियमित स्वास्थ्य परीक्षण गराइरहँदा पनि गाँठागुठीको समस्या चाँडो पत्ता लगाएर आवश्यक उपचार गर्न सकिन्छ ।

(बाथरोग विशेषज्ञ डा. शर्मा किष्ट मेडिकल कलेज शिक्षण अस्पताल र अल्का अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनअबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

गाँठागुठी डा. प्रयुष शर्मा
डा. प्रयुश शर्मा
लेखक
डा. प्रयुश शर्मा
बाथरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११५५७ अध्ययन : एमडी (रुमेटोलोजी) हाल ललितपुरको पुल्चोकस्थित अल्का अस्पताल कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?