+
+

सातदोबाटो युथ क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १९:०६

१० वैशाख, काठमाडौं । हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबले शहीद स्माकर ए डिभिजन लिगमा आइतवार बराबरी खेलेका छन् ।

ललितपुरस्थित च्यासल मैदानमा भएको ११ औं चरणको खेलमा हिमालयन शेर्पा र सातदोबाटो युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो युथ क्लवका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गर्दा हिमालयनका लागि निशान लिम्बू र सुशील राईले एक/एक गोल आफ्नो नाममा लेखाए ।

सातदोबाटोले पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । दीपकले पासाङ लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट हेडमार्फत दीपकराजले गोलमा परिणत गरेका थिए । ११ औं मिनेटमा दीपकराजले दोस्रो गोल थप्दा सातदोबाटोले पहिलो हाफमा २–० को अग्रता पाएको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल देखाएको हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो । ७१ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै खेलमा फर्किने संकेत देखाए । अबायमी फकुन्लेको पासलाई सदुपयोग गर्दै निशानले गोल गरेका थिए । हिमालयन शेर्पाले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो ।

हिमालयनका लागि सुशीलले कप्तान विश्वास श्रेष्ठको क्रसलाई जाली चुमाउँदै खेलमा फर्काएका थिए । बाँकी समयमा दुवै टोलीले काउन्टरको गर्दै स्पष्ट अंक जोड्नका लागि प्रयास गरेपनि सफल हुन भने सकेनन् ।

यससँगै दुवै टोलीले शहीद स्मारक ए डिभिजन लिग तालिकामा समान १–१ अंक जोड्न सफल भएका छन् । सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ भने समान खेल खेलेको हिमालयनको १० अंक भएको छ ।

लिगमा सोमबारबाट १२ औं चरणका खेल हुनेछन् । १२ औं चरणको खेल अन्तर्गत सोमवार विभागीय टोली एपीएफ क्लव र खुमलटार युथ क्लवबीच एन्फा मुख्यालयमा खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?