+
+

टोटनहमको पोष्टमा न्युकासलको ६ गोल, २१ मिनेटभित्रै पाँच गोल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते ६:४८

११ वैशाख, काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको खेलमा न्युकासल युनाइटेडले टोटनहमलाई ६-१ ले पराजित गरेको छ । यस जितपछि न्युकासल अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान सेन्ट जेम्स पार्कमा न्युकासलले पहिलो २१ मिनेटभित्रै पाँच गोल गरेको थियो ।

न्युकासलका लागि जाकोब मर्फीले दोस्रो र नवौँ मिनेटमा गोल गरे । यस्तै जोएलिन्टनले छैटौं मिनेटमा गोल गरे ।

एलेक्जान्डर इसाकले १९औं र २१औं मिनेटमा गोल गर्दै न्युकासलको अग्रता ५-० बनाए ।

खेलको ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने प्रायस गरेका थिए ।

तर ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६-१ को जित दिलाए ।

जितपछि ३१ खेलबाट ५९ अंक जोड्दै न्युकासल तेस्रो स्थानमा उक्लेको छ । समान अंक भए पनि न्युकासलले म्यानचेष्टर युनाइटेडलाई पछि पारेको हो ।

म्यानचेष्टर युनाइटेडले एक खेल कम खेलेको छ । जितसँगै न्युकासलले ३१ खेलमा ५९ अंक जोडेको छ ।

३२ खेलबाट ५३ अंक रहेको टोटेनहम पाँचौ छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?