+

नापोली उपाधि नजिक

२०८० वैशाख  ११ गते ७:४२ २०८० वैशाख ११ गते ७:४२
नापोली उपाधि नजिक

११ वैशाख, काठमाडौं । इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको नापोलीले आइतबार राति युभेन्ट्सलाई १–० ले पराजित गरेको छ ।

यस जितपछि नापोली तीन दशकपछि पहिलो लिग उपाधिको निकै नजिक पुगेको छ ।

युभेन्ट्सलाई उसैको मैदानमा पराजित गर्न नापोलीका लागि इन्जुरी टाइममा जियाकोमा रास्पडोरीले निर्णायक गोल गरे ।

जितपछि नापोलीले ३१ खेलबाट ७८ अंक जोडेको छ । नापोलीले दोस्रो स्थानको लाजियोमाथि १७ अंकको अग्रता बनाएको छ । लाजियो ३१ खेलबाट ६१ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ५९ अंकसहित युभेन्ट्स तेस्रो स्थानमा छ ।

अब लिगमा ७ चरणको खेल बाँकी हुँदा नापोलीका लागि उपाधिबाट दुई जित टाढा छ ।

लिगकै अन्य खेलमा एसी मिलानले लेसेलाई २–० ले तथा इन्टर मिलानले इम्पाओलीलाई ३–० ले पराजित गरेको छ ।

यस सिजन च्याम्पियन्स लिग सेमिफाइनल खेल्न लागेका दुवै मिलान क्लब अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा छन् ।

३१ खेलबाट ५६ अंकसहित मिलान पाँचौ तथा समान खेलबाट ५४ अंकसहित इन्टर छैटौं स्थानमा छ ।

नापोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय