+
+

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १२:१८

११ वैशाख, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २ सय र चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।

महासंघको अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार १ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ६ सय र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ८ सय र चाँदीको मूल्य १ हजार ४४० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?