+
+

थप ११३ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १६:३३

११ वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना  र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ भने संस्थागत आईसोलेशनमा २९ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

संक्रमण बढेसँगै  कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?