+
+

रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानियो (तस्वीरहरु )

आर्यन धिमाल आर्यन धिमाल
२०८० वैशाख ११ गते २२:१२

११ वैशाख, ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सोमबारबाट तान्न सुरू गरिएको छ । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज दिउँसो ४ बजेर ४५ मिनेटमा रथ तानिएको हो ।

ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन आज गाःबहालमा पुर्‍याउने भने पनि न:बहालमै रोकिएको छ । रथ कोल्टेपरेपछि रोकिएको हो ।

वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाको दिनदेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना रातो मच्छिन्द्रनाथको रथ यात्रा हुन्छ। यसअविधिमा रथलाई पाटनमा घुमाइन्छ ।

रथ तान्न सुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ।  रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्‍याएर भोटो देखाएपछि समापन हुन्छ ।

साइत हेरेर भोटो देखाउने गरेकाले यो जात्रा सकिने दिनको टुंगो अहिले नै लाग्दैन । तर यो जात्रा काठमाडौं उपत्यकामा नै  सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रुपमा परिचित छ ।

रथयात्रा सुरु भएको पहिलो दिनका तस्वीरहरू हेर्नुहोस् :

        

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?