११ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ क्लबले सोमबार खुमलटार एफसीलाई २-० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको १२औं चरणको पहिलो खेलमा एपीएफलाई जिताउन दुवै गोल विदेशी खेलाडीले गरे ।
खेलको २६ औं मिनेटमा अब्दोउ रमानी पोउटोउग्नीग्नीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा अर्मान्ड बिडोमले एपीएफका लागि दोस्रो गोल गरे ।
जारी लिगमा पाँचौ जित निकालेको एपीएफ १२ खेलबाट १२ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । पहिलो पटक शीर्ष डिभिजनको लिग खेलिरहेको खुमलटारको यो सातौं हार हो ।
जारी लिगमा पुलिससँगै खुमलटारले सर्वाधिक खेलमा हार बेहोरेको छ । खुमलटार १२ खेलबाट १३ अंक जोडेर ११ औं स्थानमा छ ।
प्रतिक्रिया 4