+
+

रातो मच्छिन्द्रनाथको रथ न:बहालमै रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १२:४६

१२ वैशाख, ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ न:बहालमै रोकिएको छ ।

सोमबारदेखि तान्न सुरू गरिएको रथ न:बहाल पुगेर रोकिएको हो । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार सोमबार अपराह्न ४ बजेर ४५ मिनेटमा रथ तान्न सुरु गरिएको थियो ।

ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन गाःबहालमा पुर्‍याउने भनिए पनि रथ सीधा अघि नबढ्दा न:बहालमै रोकिएको हो ।

वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाको दिनदेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना रातो मच्छिन्द्रनाथको रथ यात्रा हुन्छ। यसअविधिमा रथलाई पाटनमा घुमाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?