+
+

विष्णु पौडेलको चुनाव खर्च २२ लाख, छविलालको २० लाख

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १४:५८

१२ वैशाख, बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रु. २२ लाख ४५ हजार ८ सय ७६ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

पौडेलका निर्वाचन प्रतिनिधि खुमकान्त पौडेलले बुझाएको विवरणअनुसार सवारीसाधनमा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा रु. २ लाख २५ हजार, छापा एपं विद्युतीय माध्यममा रु. ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा रु. ७१ हजार, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालनमा रु. २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा रु. ३ लाख ८५ हजार र विविध रु. १० हजार खर्च भएको उल्लेख छ ।

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (एमाले) रुपन्देहीले सोमबार रुपन्देहीको तिलोत्तमास्थित जिल्ला पार्टी कार्यालयमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरुको खर्च विवरण सार्वजनिक गरेको हो ।

त्यस्तै नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले निर्वाचनमा रु. १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । विश्वकर्मा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसै गरी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेले रु. २७ लाख ८९ हजार ५ सय २० खर्च भएको विवरण बुझाएका छन् । घिमिरे रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले रु. २ लाख ६३ हजार ९ सय २०, २ (१) बाट उम्मेदवार लिला गिरीले रु. २ लाख ४८ हजार ७ सय ५०, २ (२) बाट उम्मेदवार भोज प्रसाद श्रेष्ठले रु. १३ लाख ८९ हजार ७ सय ४१ र ३ (२) बाट उम्मेदवार तुलसी प्रसाद चौधरीले रु. २ लाख ९३ हजार १ सय ७४ खर्च भएको विवरण बुझाएका छन् ।

त्यसै गरी क्षेत्र नम्बर ४ (१) बाट उम्मेदवार सुनिल कुमार गिरीले रु. १ लाख १० हजार, ५ (१) बाट उम्मेदवार भुमिश्वर ढकालले रु. ४ लाख ९८ हजार ४ सय ७० र क्षेत्र नम्बर ५ (२) बाट उम्मेदवार भएका राम चन्द्र यादवले रु. ५ लाख ५३ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बताए ।

एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले निर्वाचन आयोगमा बुझाइएको उम्मेदवारहरुको निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?