+
+

घन्टीले थपेको सिट र भोट

शिव गाउँले बसन्त बस्नेत शिव गाउँले, बसन्त बस्नेत
२०८० वैशाख १२ गते १९:३६

१२ वैशाख, काठमाडौं । उपचुनावको तिथि घोषणाताका अनलाइनखबरले भनेको थियो– तीन सिटका लागि प्रतिस्पर्धा हुने भए पनि अर्थका हिसाबले यो महाचुनाव बन्दैछ ।

एकातिर बढ्दो आम आक्रोश, अर्कातिर हेभिवेट उम्मेदवारहरुबीच टक्कर । हामीले हाम्रो टिमलाई तनहुँ, चितवन र बारामा परिचालित गरेका थियौं, जसले जनमत गत मंसिरका तुलनामा अझै चलायमान बन्दै गएको स्पष्ट आकलन गरेको थियो ।

रिपोर्टिङका क्रममा हामीले मतदाताको मुड बदलिँदै गएको हुँदा नतिजा त्यसै अनुरुप आउने बताएका थियौं ।

अहिले बारामा उपचुनावको गणना सकिने क्रममा छ । चितवन दुवैमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले फराकिलो अग्रतामा जित हासिल गरिसकेका छन् ।

संसदमा क्रमशः ८८ र ७९ सिटसहित सबैभन्दा ठूलो हैसियत भएका कांग्रेस र एमालेलाई घन्टीछाप उम्मेदवारले ठूलो अन्तरमा पछि छाडेका छन् । त्यसैले चुनाव तनहुँ र चितवनमा भए पनि यसको परकम्प देशैभरि, अनि प्रवासमा बसेका नेपालीहरुबीच समेत फैलिएको छ ।

अनलाइनखबरको न्यूजरुममा हामीले यसबारे विवेचना गर्ने कोशिस गरेका छौं । बाराको चुनाव नतिजा आउन बाँकी छ, जसका बारेमा समेत यो भिडियोमा छलफल गरिएको छ ।

हेर्नुस् भिडियो :

भिडियो : आर्यन धिमाल/शंकर गिरी

लेखकको बारेमा
शिव गाउँले

शिव गाउँले अनलाइनखबर डटकमका प्रधान सम्पादक हुन् ।

बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?