+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दार्चुलामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

रासस रासस
२०८० वैशाख १३ गते १५:४६

१३ वैशाख, दार्चुला। दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

ब्यास गाउँपालिका-६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

२६ हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिए पनि अर्को  बच्चा  जन्माउन बच्चाको फोक्सोको विकास नभएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला अस्पताल दार्चुलाका चिकित्सक सोमराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको र जिल्ला अस्पताल दार्चुलामा जन्मिएको शिशुलाई सुर्खेत प्रादेशिक  अस्पतालको आइसियुमा राखिएको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?