+
+

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते २२:१७

काठमाडौं । हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए ।

विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे ।

अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे ।

दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । ६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

लोकस्टारको फिनालेमा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ सिजनको पनि घोषणा गरिएको थियो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?