
१४ वैशाख, काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ ।
जोर्डनको प्रिन्स मोहमद स्टेडियममा बुधबार भएको खेलमा नेपाल इरानसँग १-० ले पराजित भएको हो ।
खेलमा नेपालले अवसर पाए पनि गोल गर्न सकेन ।
इरानको लागि ८१औं मिनेटमा वैकल्पिक खेलाडी एरिसा कुह गार्डले निर्णायक गोल गर्दै तीन अंक दिलाइन् ।
समूह एचमा रहेको रहेको नेपालले अब दोस्रो तथा अन्तिम खेल शुक्रबार घरेलु टोली जोर्डनसँग खेल्नेछ ।
समूहको विजेता छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4