+
+

‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’लाई दुई करोड पटक हेरियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १७:५३

काठमाडौं । ‘छक्कापञ्जा ४’ मा समावेश गीत ‘दर्शन सलाम’लाई दुई महिनामा दुई करोडभन्दा बढी पटक हेरिएको छ । राजेन्द्र थापाको शब्द रचना, दीपक शर्माको संगीत तथा डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतलाई विहिबारसम्म दुई करोड चार लाख पटक हेरिएको छ ।

पार्टी, भोज र समारोहमा समेत खुबै रुचाइएको यो गीत टिकटक र फेसबुक रिल्समा समेत निकै भाइरल बनेको छ । ‘गीतले प्राप्त गरेको यो सफलताले खुसी दिलाएको छ,’ निर्माता तथा अभिनेता दीपकराज गिरीले भने, ‘दर्शकलाई रुच्ने देखेर नै यो गीत सुरुमै हाम्रो रोजाइमा परेको थियो ।’

फागुन १९ मा रिलिज भएको ‘छक्कापञ्जा ४’ मा चुनावी सन्दर्भमा यो गीतको प्रयोग गरिएको छ । मतदातालाई चुनावी समारोहमा आकर्षित गर्न शीर्ष पात्रले आयोजना गरेको चुनावी सभाको प्लटमा यो गीत राखिएको छ । सिरिजका अघिल्ला गीतहरु सबैजसो करोड क्लबमा प्रवेश गरिसकेका छन् ।

‘छक्कापञ्जा ४’ कै अर्को गीत ‘सिरुपाते जुँगामालाई अहिलेसम्म ७० लाख पटक हेरिएको छ । छक्कापञ्जा शृंखलाको ‘पूर्वपश्चिम रेल’लाई ६ करोडभन्दा बढी पटक हेरिएको छ । ‘पछि उमेर ढल्किन्छ’लाई १ करोड २० लाख पटक हेरिएको छ । ‘पहिलो नम्बर’लाई ६ करोड पटक हेरिएको छ भने ‘देखन चम्पा’लाई पनि एक करोडभन्दा बढी पटक हेरिएको छ । यही टिमले बनाएको फिल्म ‘वडा नम्बर ६’ को ‘सुर्केथैलीलाई पाँच करोड २६ लाखभन्दा बढी पटक हेरिएको छ ।

दीपकराज गिरी आगामी नयाँ फिल्मको छायांकन भदौदेखि थाल्ने तयारीमा छन् भने यसको रिलिज आगामी फागुनमा गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?