+
+

रेसुङ्गामा नेपाल वायुसेवा निगमको जहाजबाट परीक्षण उडान

अनिल खत्री अनिल खत्री
२०८० वैशाख १५ गते ९:४७

१५ वैशाख, गुल्मी ।  गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको छ । शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा नाइन एन एबिटी कल साइन रहेको जहाजले परीक्षण उडान गरेको हो ।

जहाजका क्याप्टेन मनिस श्रेष्ठले परीक्षण सफल भएको बताए । काठमाडौंबाट यहाँसम्मको दुरी ५० मिनेटको रहेको क्याप्टेन श्रेष्ठले बताए । अब परीक्षण उडानको रिपोर्ट निगमलाई बुझाएपछि नियमित उडानको प्रक्रिया अगाडि बढ्ने श्रेष्ठ बताए ।

रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पछि विमानस्थल पुग्न सकिन्छ ।

नगरपालिकाले गरेको सम्झौता अनुसार अब नियमित उडान गर्ने रेसुङ्गा ननगरपालिका नगरप्रमख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ५ सय भित्रै हुनसक्ने पन्थीले बताए । विमानस्थलमा गत पुस २४ गते तारा एयरको १८ सिट क्षमताको जहाजले पनि सफल उडान गरेको थियो ।

रेसुङ्गा विमानस्थलको धावनमार्गको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा हालसम्म निर्माणमा ३५ करोड खर्च भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?