+
+

शुक्रबारदेखि दुई नयाँ नाटक : मण्डलामा ‘जून’ र पुरानो घरमा ‘चे इज ब्याक’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते ११:३७

काठमाडौं । तपाईंलाई नाटकमा रुचि छ भने शुक्रबारदेखि सहरमा दुई नयाँ नाटकले मञ्चन सुरु गर्दैछन् । सिनामंगलस्थित पुरानो घरमा नयाँ नाटक ‘चे इज ब्याक’ मञ्चन सुरु हुँदैछ भने थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘जून’ मञ्चन हुँदैछ ।

मण्डलामा सुरु हुने नाटक ‘जून’ले सानै उमेरमा आमा गुमाएकी एक पात्रको कथा भन्छ । आमा गुमाएपछि सौतेनी आमा र दुई बहिनीसँग बस्दै आएकी उनीसामु नयाँ घर बसाउनुपर्ने बाध्यता छ । यो परिस्थितिमा उनले रुचि र सपनासँग सम्झौता गर्नुपर्ने परिस्थिति आइलाग्छ । समयको गतिमा जून पात्रले आत्मनिर्णयको लागि नयाँ यात्रा थाल्छिन् । अनि कथा कसरी अघि बढ्छ ? यो वरपर नाटक ‘जून’ घुमेको छ ।

नम्रता केसीको डिजाइन, निर्देशन र कोरियोग्राफी रहेको यो नाटकलाई संयोग गुरागाईंले लेखेका हुन् । वैशाख २४ गतेसम्म यो नाटक मण्डला थिएटरमा मञ्चन हुने जनाइएको छ ।

यसैबीच, जेठ ७ गतेसम्म सिनामंगलस्थित पुरानो घरमा नयाँ नाटक ‘चे इज ब्याक’ पनि मञ्चन हुनेछ । सुलक्षण भारतीको लेखन रहेको यो नाटकलाई कुन्दन थारुले निर्देशन गर्नेछन् । पारिवारिक कथावस्तुमा तयार पारेको यो नाटकलाई दर्शकले रुचाउने विश्वास पुरानो घर थिएटरले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?