+
+

काठमाडौं महानगरले कक्षा ९ लाई तालिम दिने संस्थाहरु सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १४:००

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ९ का विद्यार्थीहरुको लागि ९० घन्टाको छोटो अवधिको सीपमुलक तालिम सञ्चालनको लागि संस्थाहरु सूचीकृत गरेको छ ।

महानगरपालिकाले गत वैशाख ३ गते आवेदन माग गरे बमोजिम आवेदन परेका २७ वटा संस्थाहरु मध्ये २५ वटा योग्य संस्थाको सूचीकृत गरेको जनाएको छ ।

महानगरपालिकाले यो शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीहरुको लागि एग्रिकल्चर एन्ड अर्वान फार्मिङ, ब्युटिसियन एन्ड हेयर स्टाइल, कारपेन्ट्री एन्ड उड कार्भिङ लगायत १० वटा विभिन्न छोटो अवधिको तालि सञ्चालन गरिरहेको छ ।

तालिमका लागि महानगरपालिकाले पाठ्यक्रम निर्माण गरेको छ । त्यही अनुसार तालिम दिने संस्थाहरु छनौट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?