+
+

राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वाभाविक र महँगो : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १५:३२

१५ वैशाख, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वाभाविक भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको विषयमा प्रश्न उठाएका हुन् ।

अहिले राजश्वले चालु खर्च समेत धान्न नसकेको भन्दै उनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वाभाविक र महँगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकूलाई रकम वितरण सत्ता दुरुपयोगको चरम नमूना हो ।’

अयोग्य लडाकूलाई स्वास्थ्य उपचारमा सहुलियत दिनुका साथै सीप सिकाउनुपर्ने उनले बताए । स्वास्थ्य उपचारमा पनि एउटा नीति बनाउने बेला आएको लिङ्देनले बताए ।

कोभिडको बेला आफू स्वयं विरामी भएको बेला उपचार खर्च नलिएको र भोलिका दिनमा पनि नलिने समेत उनले घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?